
प्रधानमन्त्री बालेन तथा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले १२ करोड ७५ लाखको घरजग्गा खुलाएका छन् ।
ललितपुरको सानेपा र भैँसेपाटी, काभ्रेको धुलिखेल र तनहुँको बन्दीपुरमा जग्गा रहेको उनले जनाएका छन ।
भैँसेपाटीको ४ आना ३ पैसा जग्गा ५ करोड, सानेपाको जग्गा २ करोडमा किनेको विवरणमा उल्लेख छ ।
धुलिखेलमा ९ आना जग्गा ३ करोड ७५ लाख तथा बन्दीपुरमा २ करोडमा जग्गा किनेको उल्लेख छ ।
अन्तराष्ट्रिय रोजगारी, निजी निवास बिक्री र बैंक ऋण तथा व्यक्तिगत सापटीबाट सम्पत्ति विवरण जम्मा गरेको उनले विवरणमा उल्लेख गरेका छन् ।
यस्तै अर्थमन्त्री वाग्लेसँग ४ करोड ५० लाखको शेयर र ४५ तोला गरगहना रहेको विवरणमा उल्लेख छ ।



