०९ साउन २०८३, शनिबार

होर्मुजमा ‘नाकाबन्दी’ गर्ने ट्रम्पको घोषणा

चैत ३०, २०८२
काठमाडौं
होर्मुजमा ‘नाकाबन्दी’ गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब होर्मुज जलमार्गबाट गुज्रिने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन् । इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएपछि ट्रम्पले होर्मुज जलमार्गमा तत्कालै लागु हुने गरी नाकाबन्दीको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यो मार्गबाट जान खोज्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोक्ने र विस्तृत जाँच गर्ने बताए । 'वार्ता राम्रो भयो, धेरैजसो बुँदाहरूमा सहमति पनि जुट्यो, तर सबैभन्दा महत्त्वपूर्ण बुँदा आणविक विषयमा भने सहमति हुन सकेन,' उनले लेखेका छन्, 'त्यसैले, अहिलेदेखि नै लागु हुने गरी विश्वकै उत्कृष्ट ‘अमेरिकी नौसेना’ले होर्मुज जलमार्गमा प्रवेश गर्ने वा बाहिरिने कुनै पनि र सबै जहाजहरूलाई नाकाबन्दी गर्ने प्रक्रिया सुरु गर्नेछ ।'

विशेषगरी इरानलाई ‘टोल ट्याक्स’ बुझाएका जहाजहरूमाथि कडा निगरानी राखिने उनको भनाइ छ । ट्रम्पका अनुसार, इरानलाई गैरकानुनी रूपमा टोल बुझाउने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन । यसको मुख्य उद्देश्य इरानको आर्थिक मेरुदण्ड कमजोर बनाउनु रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्