१७ असार २०८३, बुधबार

पार्टी क्रियाशील खारेज होइन, अद्यावधिक : प्रदीप पौडेल

चैत ३०, २०८२
काठमाडौं
पार्टी क्रियाशील खारेज होइन, अद्यावधिक : प्रदीप पौडेल
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गर्ने कार्यमा जुटेको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत् पार्टीले क्रियाशील खारेज गर्न नभई अद्यावधिक गर्ने कार्यमा जुटेको बताएका हुन् ।

‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु- हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं‚’ उनले लेखेका छन्।

महामन्त्री पौडेलले अब अद्यावधिक हुने क्रियाशीलले गाउँगाउँमा जोड्ने तथा नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले पार्टीलाई थप जिम्मेवार र मजबुत बनाउने बताएका छन् ।

‘विगतमा देखिएका त्रुटि हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं‚’ उनले लेखेका छन्‚ ‘विद्यमान परिष्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’

उनले वैशाख १ गतेबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशीलहरूलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरूलाई क्रियाशील सदस्यता लिन आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्