
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले देशमा शान्ति, न्याय र समृद्धि कायम होस् भन्ने कामना गरेका हुन् ।
शुभकामना सन्देश जारी गर्दै शाहीले विगतका पीडादायी घटनाहरू दोहोरिन नहुने उल्लेख गरेका छन् ।
उनले 'आँखैअगाडि दन्दनी देश अब नजलोस्, नेपालीको पसिना परदेशमा नबगोस्' भन्दै देशभित्र रोजगारी र स्थायित्वको आवश्यकता औँल्याएका छन् ।
त्यस्तै, उनले न्यायका लागि नागरिकहरू सडकमा आउनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
'न्याय खोज्न सडकमा आउन नपरोस्, निर्दोषका आँसु कहिल्यै नबगोस्' भन्ने उनको सन्देशले कानूनी शासन र सामाजिक न्यायप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
उनले नयाँ वर्ष २०८३ सबै नेपालीका लागि आशा, एकता र प्रगतिका नयाँ अवसरहरू लिएर आउने विश्वास व्यक्त गरेका छन् ।
साथै, देशलाई स्थिरता र समृद्धितर्फ अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।