१२ साउन २०८३, मंगलबार

बालेनलाई रक्षा बमको सुझाव- आफूलाई असीमित ठान्ने भूल नदोहोर्‍याउनुहोला

बैशाख २, २०८३
काठमाडौं
बालेनलाई रक्षा बमको सुझाव- आफूलाई असीमित ठान्ने भूल नदोहोर्‍याउनुहोला

जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जनतालाई सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनुपर्ने रक्षाको भनाइ छ ।

फागुन २१ को निर्वाचनपछिको संसद्को पहिलो अधिवेशन सम्पन्न भइसक्दा पनि प्रधानमन्त्रीका रूपमा बालेनलाई जनतालाई सम्बोधन नगरेको रक्षाले प्रश्न उठाएकी छन् ।

‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्’, बुधबार रक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ । तर यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ । पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्‍याउनुहोला ।’

 

salt training

कमेन्ट गर्नुहोस्