
गण्डकी प्रदेश सरकार पुनर्गठन भएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्का सदस्यहरूले बुधबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्को कार्यविभाजनमा गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, नन्द्रप्रसाद न्यौपाने ऊर्जा, जलस्रो तथा खानेपानी, जीतबहादुर शेरचन आर्थिक मामिला, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन, रेखा गुरुङ सामाजिक विकास युवा तथा खेलकुद, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।
गण्डकमा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार छ ।