२९ जेठ २०८३, शुक्रबार

२ सय २५ केजी गाँजासहित २ जना पक्राउ

बैशाख २, २०८३
सुनसरी
२ सय २५ केजी गाँजासहित २ जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।

सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

चेकजाँच गर्ने क्रममा बाँसको झाङमा लुकाइछिपाइ राखेको अवस्थामा नौ वटा प्लाष्टिकको बोरामा २२५ किलो गाँजा र को ३० प ९४७५ नम्बर मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए । 

पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्