०८ असार २०८३, सोमबार

प्रधानमन्त्री कार्यालयले माग्यो मन्त्रालयसँग सवारी साधनको विवरण, २४ घण्टाभित्र पेस गर्न निर्देशन

बैशाख २, २०८३
काठमाडौं
प्रधानमन्त्री कार्यालयले माग्यो मन्त्रालयसँग सवारी साधनको विवरण, २४ घण्टाभित्र पेस गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूसँग भएका सवारी साधनको विवरण माग गरेको छ ।

बुधबार सबै मन्त्रालयलाई पत्र पठाउँदै प्रधानमन्त्री कार्यालयले २४ घण्टाभित्र सवारी साधनको विवरण उपलब्ध गराउन भनेको छ ।

मन्त्रालय, अन्तर्गतका विभाग, कार्यालयमा प्रयोगमा रहेका र मर्मत भइरहेका दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनको विवरण पठाउन भनिएको छ । 

सवारी ब्रान्ड र मोडल,  सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल/पेट्रोल वा विद्युतीय कुन हो त्यो खुलाउन भनिएको छ ।

यसैगरी, उक्त सवारी साधन कसले चलाइरहेको छ, ती प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था खुलाउन पत्रमा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्