०२ साउन २०८३, शनिबार

विश्वका तीन महत्त्वपूर्ण समुद्री मार्गहरू बन्द गर्ने इरानको चेतावनी

बैशाख ३, २०८३
काठमाडौं
विश्वका तीन महत्त्वपूर्ण समुद्री मार्गहरू बन्द गर्ने इरानको चेतावनी

इरानले विश्वका लागि तीन महत्त्वपूर्ण समुद्री मार्गहरू बन्द गर्ने चेतावनी दिएको छ। अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी जारी राखे इरानले लाल सागर, ओमान सागर र फारसी खाडीमा समुद्री व्यापार पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको हो । 

इरानी सेनाको केन्द्रीय कमाण्ड केन्द्रका प्रमुख अली अब्दुल्लाहीले अमेरिकी प्रतिबन्धहरू र इरानी जहाज र तेल ट्याङ्करहरूको सुरक्षालाई खतरामा पार्ने प्रयासहरू उत्तेजक भएको बताए । उनले इरानले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न निर्णायक कदम चाल्ने बताए।

अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नौसेना नाकाबन्दी लगाएको छ। पाकिस्तानमा भएको लगभग २१ घण्टाको अमेरिका-इरान वार्ता असफल भएपछि यो कदम आएको हो ।

यसैबीच, पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनीर उच्चस्तरीय प्रतिनिधिमण्डलसहित तेहरान पुगेका छन् । यो प्रतिनिधिमण्डलले अमेरिकाबाट सन्देश लिएर आएको छ र अमेरिका-इरान वार्ताको दोस्रो चरणबारे छलफल गर्नेछ। रिपोर्टहरूका अनुसार, दोस्रो चरणको वार्ताको समय अझै तय भएको छैन।
 

salt training

कमेन्ट गर्नुहोस्