३० जेठ २०८३, शनिबार

मुस्ताङ भन्सारबाट ५ अर्ब ७३ करोड राजस्व सङ्कलन

बैशाख ३, २०८३
मुस्ताङ
मुस्ताङ भन्सारबाट ५ अर्ब ७३ करोड राजस्व सङ्कलन

नेपाल–चीनको उत्तरी कोरलानाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको ३१ भदौदेखि पूर्ण सञ्चालनमा आएको उक्त भन्सारले सात महिनामा सो राजस्व उठाएको हो ।

यस अवधिमा चीनबाट १२ अर्ब २२ करोड ७६ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने नेपालबाट २० करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।

साउन–भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण बन्द हुँदा कोरला नाकाबाट आयात–निर्यात बढे पनि पछिल्लो समय कारोबार केही घटेको जनाइएको छ ।

सात महिनामा कोरला नाका हुँदै दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् भने एक हजार ८१८ कन्टेनर आयात र १३७ कन्टेनर निर्यात जाँचपास भएको छ ।

कोरला नाका सञ्चालनमा आएपछि मुस्ताङ भन्सारमा आयात–निर्यात गतिविधि बढेको छ । यहाँबाट चीनबाट विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटिक तथा इलेक्ट्रोनिक सामग्री आयात हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्