२३ असार २०८३, मंगलबार

संविधान र कानून पालना गरी विधेयक निर्माण द्रुत रूपमा अघि बढाउँछौं : सभामुख अर्याल

बैशाख ४, २०८३
काठमाडौं
संविधान र कानून पालना गरी विधेयक निर्माण द्रुत रूपमा अघि बढाउँछौं : सभामुख अर्याल
फाइल फोटो

सभामुख डोलप्रसाद अर्यालले संविधान, कानून र विधि र प्रक्रियाको उच्चपालना गरी कानून निर्माणलाई द्रुत रूपमा अघि बढाइने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उनले सदनबाट छिटो कानून निर्माण हुनसके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट पारे ।

सभामुख अर्यालले भने, 'कानून निर्माणमा ढिलाइ हुँदा समाजलाई ठूलो असर पार्ने र त्यसको असर सोचेभन्दा फरक आउन सक्छ भन्ने पाटोलाई ध्यान दिनुपर्छ ।'

समाज निर्माणमा सबै क्षेत्रको उत्तिकै भूमिका हुने बताउँदै उनले राम्रा नजिर र असल अभ्यासलाई आत्मसात गर्ने प्रतिबद्धता जनाए ।

सभामुखले भने, 'म व्यक्ति नभई इन्स्टिच्युटको नेतृत्व गरिरहेको छु । स्वदेशमा मात्र होइन विदेशबाट हेर्दा पनि सम्मान होस् । आफ्नो मूल्यमान्यतामा बसिरहोस् । नचुकोस् भन्ने मेरो मान्यता रहन्छ ।'

संसद्‌बाट नेपाली जनताले गरेको अपेक्षाभन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्दै सभामुख अर्यालले कार्यसम्पादनका सिलसिलामा भएका र देखिएका कमीकमजोरी औंल्याइदिएर सहयोग गर्न आग्रह गरे ।

'जेनजी आन्दोलन, जनताको चेतना, वर्तमान परिदृश्य, निर्वाचनपछि गठन भएको सरकार र जनअपेक्षाजस्ता कुराहरूबीच कहीँ न कहीँ सम्बन्ध जोडिएका पक्षमा ध्यान पुर्‍याउन आवश्यक छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्