०२ साउन २०८३, शनिबार

इरानका ६ विमानस्थल पुनः सञ्चालनमा

बैशाख ५, २०८३
काठमाडौं
इरानका ६ विमानस्थल पुनः सञ्चालनमा

इरानले देशको पूर्वी आकाशीय क्षेत्र आंशिक रूपमा पुनः खुला गरेको छ । यससँगै  ६ वटा विमानस्थल पनि पुनः सञ्चालनमा ल्याइएको इरानी एयरलाइन्स संघले जनाएको छ ।

पुनः सञ्चालनमा आएका विमानस्थलमा तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल र मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलका साथै मशहद, बिरजन्द, गोर्गान र जाहेदानका विमानस्थल रहेका छन् ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार एयरलाइन्स कम्पनीहरू आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः शुरू गर्ने तयारीमा जुटिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्