२३ असार २०८३, मंगलबार

पूर्णबहादुरले आइतबार १४ औं महाधिवेशनका पदाधिकारीसँग छलफल गर्ने

बैशाख ५, २०८३
काठमाडौं
पूर्णबहादुरले आइतबार १४ औं महाधिवेशनका पदाधिकारीसँग छलफल गर्ने

नेपाली कांग्रेसको देउवा समूहले भोलि आइतबार १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीसँग छलफल गर्ने भएको छ ।

शनिबार काठमाडौं उपलब्ध शीर्ष नेताहरूसँग छलफल गरेको यो समूहले आइतबार उपत्यकामा उपलब्ध १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र पूर्व केन्द्रीय सदस्यसँग छलफल गर्न लागेको हो ।

छलफलको अगुवाइ पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । शनिबारको छलफल उनकै निवासमा भएको थियो ।

आइतबार भने धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजेका लागि छलफल तय भएको खड्काको सचिवालयले जनाएको छ । 

शनिबारको छलफलमा यो समूहले अदालतको फैसला मानेर अघि बढ्ने र पार्टीभित्रको राजनीतिक लडाइँ जारी राख्ने निष्कर्ष निकालेको छ । 

‘फैसलामा असन्तुष्टिका पर्याप्त आधार हुँदाहुँदै पनि, फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधाभासपूर्ण र विवादास्पद हुँदा हुँदै पनि त्यो फैसलालाई स्वीकार गर्ने कुरा आज छलफल भएको छ’, छलफलपछि नेता मीन विश्वकर्माले भने, ‘हिजोदेखि उहाँ (पूर्णबहादुर खड्का) निवर्तमान कार्यवाहक सभापति हुनुभयो । त्यसलाई हामीले स्वीकार गरेका छौं । अब कानूनी विषय टुंगियो । वैधानिकताको विषय टुंगियो । तर अब राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो । त्यसैले पार्टी एकताका विषयमा निरन्तर चिन्ता भइराखेको छ । अदालतको फैसला मानेर अघि बढ्छौं ।’

 विश्वकर्माले अब पार्टीलाई मिलाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्