
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गरिने छ ।
यस्तै, रास्वपाले प्रवास विभाग प्रमुखमा दीपक बोहरालाई नियुक्त गरेको छ ।