
नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटीआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । उनले लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।
मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर पूरा गरे । नेपालकै मिलन कुलुङ राई निर्धारित दूरी २७:०५:१८ सकेन्डमा पार गर्दै दोस्रो र विजय राना मगर २८:२५:१७ सकेन्डसहित तेस्रो भए ।
मिलन अघिल्लो संस्करणमा पनि उप–विजेता बनेका थिए । एक सय माइल्स महिला दौडमा नेपालकी आङ फुर्वा शेर्पा पहिलो भइन् । आङ फुर्वा शेर्पाले निर्धारित दूरी ३३ घन्टा १३ मिनेट ०६ सकेन्डमा पूरा गरिन् ।
महिलातर्फ न्युजिल्यान्डकी एनी माइ बान र नेपालकी अनिता राई क्रमशः दोस्रो र तेस्रो भए । निर्धारित दूरी एनीले ३३ घन्टा ५१ मिनेट ४१ सेकेन्ड र अनिताले ३८ घन्टा १८ मिनेट २३ सकेन्डमा पूरा गरे ।
यसैगरी, ८० किमी दौडमा नेपालका सूर्यराज राई (१३ घन्टा १९ मिनेट ५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ घन्टा २० मिनेट १५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५ घन्टा २३ मिनेट ३३ सकेन्ड) तेस्रो भए ।
यसैगरी, महिला ८० किमी दौडमा भारतकी दाकाही क्युनडाइट (१९ घन्टा २२ मिनेट १६ सकेन्ड) पहिलो, भारतकै नाङ् क्युसुकी स्लोङ (२१ घन्टा ५० मिनेट ५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३ घन्टा २२ मिनेट १९ सकेन्ड) तेस्रो भए ।
यसैगरी ५० किमी पुरुष दौडमा गोपाल तामाङ (६ घन्टा ३० मिनेट १७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (६ घन्टा ३२ मिनेट २१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (६ घन्टा ५७ मिनेट २३ सकेन्ड) तेस्रो भए ।
यसैगरी, महिला ५० किमी दौडमा सुनसरी रोकाया (७ घन्टा ५३ मिनेट ४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (८ घन्टा ४९ मिनेट १० सकेन्ड) दोस्रो र कल्पना बुढा (८ घन्टा ५८ मिनेट ९ सकेन्ड) तेस्रो भए ।
यसैगरी, २० किमी पुरुष दौडमा विशालबहादुर तामाङ पहिलो, दीपक तामाङ दोस्रो र पासाङ तामाङ तथा महिलातर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोसो र जोहानेसवर्ग रिमर तेस्रो भए ।
यसैगरी, १० किम पुरुषतर्फ सुहन तामा पहिलो, विशाल तामाङ दोस्रो र सौगत आरसी तेस्रो भए । महिलातर्फ कर्सल लामा पहिलो, अना लेना दोस्रो र एबी साभिन तेस्रो भए ।