
नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक बसेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
राजीनामाको दबाबमा परेका गृहमन्त्री सुधन गुरुङ पनि बैठकमा सहभागी छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुअघि उनले बूढानीलकण्ठ पुगेर रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए ।
विवादास्पद व्यवसायीसँग सम्बन्ध रहेको, व्यावसायिक साझेदारी गरेको र सम्पत्ति विवरणमा शेयरको विषय लुकाएको भन्दै गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब छ ।