०२ साउन २०८३, शनिबार

हेमन्त धामीले लिए पहिलो टी–२० अन्तर्राष्ट्रिय विकेट, यूएईका कप्तान एलबीडब्लूको धरापमा

बैशाख ८, २०८३
काठमाडौं
हेमन्त धामीले लिए पहिलो टी–२० अन्तर्राष्ट्रिय विकेट, यूएईका कप्तान एलबीडब्लूको धरापमा

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेमन्त धामीले पहिलो विकेट लिएका छन् ।

उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका हुन् ।

२० वर्षीय मध्यमतेज गतिका बलर धामीले यूएईका कप्तान एवं ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय सिकार बनाए । धामीले मुहम्मद वसिमलाई एलबीडब्लूको धरापमा पारेका हुन् ।

यो उनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

यसअघि, सोमबार कीर्तिपुर मैदानमै खेलिएको यूएईविरुद्धको पहिलो खेलमा उनले ‘डेब्यू’ गरेका थिए ।

तर, त्यो खेलमा उनले विकेट लिन सकेका थिएनन् ।

मंगलबारको खेलमा नेपालले टस जिती यूएईलाई ब्याटिङको निम्तो दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्