२२ असार २०८३, सोमबार

कांग्रेसमा युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा

बैशाख ९, २०८३
काठमाडौं
कांग्रेसमा युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताएका हुन् ।

सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरूको नवीकरण अद्यावधिक गर्न लागेको उल्लेख गर्दै सभापति थापाले पार्टीका ज्येष्ठ सदस्यको सदस्यता ऐतिहासिक भएकाले यसलाई डिजिटल गरी सुरक्षित गरिने स्पष्ट पारे । 

उनले आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काइने बताए ।

पार्टी उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्