
पेन्टागनले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गमा बिछ्याइएका समुद्री बारुदी सुरुङहरू सफा गर्न करिब ६ महिना लाग्न सक्ने प्रक्षेपण गरेको छ ।
न्युज एजेन्सी एपीका अनुसार अमेरिकी सांसदहरूसँगको एक गोप्य बैठकमा पेन्टागनले यो जानकारी दिएको हो । इरानसँगको द्वन्द्वका क्रममा जलमार्गमा बिछ्याइएका सुरुङहरूले अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा ठूलो बाधा पुर्याउन सक्ने भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका थिए।
समाचार अनुसार पेन्टागनको ब्रिफिङपछि पनि धेरै प्रश्नहरू अनुत्तरित नै रहेका छन् । अमेरिकी सांसदहरूले इरानविरुद्धको सम्भावित युद्धको लागत, रणनीति र स्पष्ट लक्ष्यबारे प्रश्न उठाएका थिए । यद्यपि, सैन्य अधिकारीहरूबाट धेरैजसो विषयमा स्पष्ट जवाफ नआएको बताइएको छ ।