
व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
धितोपत्र ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिइएको सीआईबीका प्रमुख, एआईजी डा. मनोज केसीले जानकारी दिए । उनलाई काठमाडौंको नक्साल क्षेत्रमा नियन्त्रणमा लिइएको एआईजी केसीले बताए ।
गोल्छा पछिल्लो समय शेयर विवादमा परेका थिए ।
विवादित सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार गोल्छासहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।
हिमालयन रि–इन्स्योरेन्स प्रकरणको विवादमा रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्ष हुन् । उनी हिमालयन रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष समेत हुन् ।
