
धितोपत्र ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका शेखर गोल्छालाई अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ ।
बिहीबार साँझ पक्राउ परेका उनीविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको हो ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।
विवादित शेयर कारोबारको विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरीवेक्षण प्रतिवेदनअनुसार गोल्छासहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।
हिमालयन रि–इन्स्योरेन्स प्रकरणको विवादमा रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्ष हुन् ।
उनी हिमालयन रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष समेत हुन् ।