२३ असार २०८३, मंगलबार

प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग

बैशाख ११, २०८३
काठमाडौं
प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग
फाइल फोटो

नेपाली कांग्रेसले प्रहरी हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

साथै कांग्रेसले सिन्धुलीको सुनकोशी गाउँपालिका-जुम्लेडाँडाका युवाको मृत्यु सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेको छ । 

पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले गठन गरेको छानबिन समितिले गहिराइमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका हुन् । 

'सिन्धुलीको प्रहरी हिरासतमा २२ वर्षीय युवा श्रीकृष्ण विकको मृत्यु भएको घटनाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ,' कांग्रेसले भनेको छ, 'सुनकोशी गाउँपालिका-जुम्लेडाँडाका उक्त युवाको मृत्यु सम्बन्धमा सरकारले गठन गरेको छानबिन समितिले गहिराइमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्दछ ।'

यस्तै, इरानी सैनिकद्वारा हिरासतमा लिइएका नेपाली नागरिक अमृत झाको सकुशल रिहाइका लागि आवश्यक कूटनीतिक पहल नगरी, केही दिनअघि नै रिहा भइसकेको भनी सम्बन्धित मन्त्रालयका मन्त्रीबाट भ्रामक विवरण सार्वजनिक हुनु दुःखद भएको कांग्रेसले जनाएको छ ।​

'इरानी सैनिकद्वारा हिरासतमा लिइएका नेपाली नागरिक अमृत झाको सकुशल रिहाइका लागि आवश्यक कूटनीतिक पहल नगरी, केही दिनअघि नै रिहा भइसकेको भनी सम्बन्धित मन्त्रालयका मन्त्रीबाट भ्रामक विवरण सार्वजनिक हुनु दुःखद छ। झा हाल कहाँ र कस्तो अवस्थामा राखिएका छन् भन्ने यथार्थ जानकारी संकलन गरी सार्वजनिक गर्न तथा उहाँको शीघ्र रिहाइका लागि तत्काल प्रभावकारी पहल गर्न बैठकले सरकारसमक्ष माग गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्