०६ साउन २०८३, बुधबार

राष्ट्रिय जनमोर्चाको बैठकका निर्णय सार्वजनिक, संविधान संशोधनमा अन्तरक्रिया गर्ने

बैशाख १२, २०८३
काठमाडौं
राष्ट्रिय जनमोर्चाको बैठकका निर्णय सार्वजनिक, संविधान संशोधनमा अन्तरक्रिया गर्ने

 राष्ट्रिय जनमोर्चाले केन्द्रीय समितिको बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा वैशाख ११ र १२ गते बुटवलमा बसेको बैठकले राजनीतिक, सांगठनिक तथा आगामी कार्यक्रमसम्बन्धी विभिन्न निर्णय गरेको हो।

बैठकले केन्द्रीय सदस्य नारायण जिसी र सल्लाहकार टंक गौतमको निधनप्रति शोक व्यक्त गर्दै रिक्त पदहरूमा नयाँ जिम्मेवारी तोकेको छ। साथै, अध्यक्ष केसीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ।

प्रतिवेदनले पछिल्लो निर्वाचन परिणाम, वर्तमान सरकारको चरित्र, संविधान संशोधनको बहस, संघीयता, मिश्रित निर्वाचन प्रणालीलगायत विषयमा धारणा सार्वजनिक गरेको छ। पार्टीले संविधान संशोधनका नाममा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीतर्फ जानु अधिनायकवादतर्फ उन्मुख हुने चेतावनी दिएको छ।

बैठकले संविधान संशोधन विषयमा वैशाख २६ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्ने तथा विभिन्न जिल्लामा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, पार्टीको पाँचौँ राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म गर्ने निर्णय गरिएको छ भने वैशाख १५ देखि जेठ मसान्तसम्म देशभर संगठन विस्तार र सदस्यता अभियान सञ्चालन गरिने जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्