
मन्त्रालयका नियमित एजेन्डामा निर्णय लिन नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्री बालेनकी सञ्चार विज्ञ दीपा दाहालले दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिइन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले केही विधेयक पारित गरेर संसद्मा पठाउने तयारी गरेको स्रोतले बतायो ।
संघीय निजामतीलगायत केही विधेयक संसद्मा लैजाने गरी सरकारले तयारी गरेको छ ।
सरकारले आसन्न बजेट अधिवेशनमा ४३ वटा विधेयक ल्याउने तयारी गरिरहेको छ । तर, बजेट अधिवेशनको टुंगो भने लागेको छैन ।
वैशाख १७ गतेका लागि बोलाइएको अधिवेशन अर्को दिन नै स्थगित गरिएको थियो ।