२३ असार २०८३, मंगलबार

कांग्रेस महामन्त्री पौडेलको कामना- ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्

बैशाख १४, २०८३
ललितपुर
कांग्रेस महामन्त्री पौडेलको कामना- ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए । 'सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्,' उनले भने ।

महामन्त्री पौडेलले सुकुम्बासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमबासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्