०९ साउन २०८३, शनिबार

देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

बैशाख १५, २०८३
काठमाडौं
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा लमजुङको भुजुङमा झण्डै ३२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । 

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

महाशाखाका अनुसार तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम पनि आज केही घट्ने अनुमान छ ।

हाल पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्