२० असार २०८३, शनिबार

हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख १५, २०८३
काठमाडौं
हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय माध्यमिक विद्यालय दमक, झापाका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार प्रधानाध्यापक र लेखापालले आर्थिक वर्ष २०७७/७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा नमूना विद्यालय भवन निर्माण गर्दा विभिन्न शीर्षकको रकम अनियमितता गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले उनीहरूविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्