०८ साउन २०८३, शुक्रबार
देउवा पक्षको भेला​

पूर्णबहादुरको ब्रिफिङ– कांग्रेसको विशेष महाधिवेशन चुनाव हारको मुख्य कारण, रास्वपालाई जितको आधार

जिल्ला सभापतिहरूले भने– १५औं महाधिवेशनमा नेतृत्वका लागि तपाईंहरू मिल्नुस्
बैशाख १५, २०८३
काठमाडौं
पूर्णबहादुरको ब्रिफिङ– कांग्रेसको विशेष महाधिवेशन चुनाव हारको मुख्य कारण, रास्वपालाई जितको आधार

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन नै चुनावमा पार्टी पराजयको मुख्य कारण भएको दाबी गरेका छन् ।

कांग्रेस विभाजित मनस्थितिमा हुँदा रास्वपाले भारी बहुमत ल्याएको उनको विश्लेषण छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिएपछि आफ्नो समूहको धारणा बनाउन जिल्ला सभापतिसहितको भेलामा खड्काले चुनावमा हारको कारण विशेष महाधिवेशन रहेको दोहोर्‍याएका हुन् । 'चुनावमा पार्टी पराजयको मुख्य कारण विशेष महाधिवेशन नै हो, त्यो नभएको भए कांग्रेसले ६० देखि ७० सिट सजिलै जित्थ्यो,' खड्काले भने, 'साथीहरूले पद त पाउनु भयो, तर पार्टीलाई यो हालतमा पुर्‍याउनु भयो ।'

खड्काले रास्वपालाई जिताउनकै लागि कांग्रेसमा भाँडभैलो सृजना गरिएको हुनसक्ने दाबी गरे ।

खड्काले बोलेपछि मंगलबार जिल्ला सभापतिहरूले बोल्न थालेका छन् । स्याङजाका जिल्ला सभापति राजु थापाले पार्टीलाई दह्रो बनाएर लैजाने काम नयाँ नेतृत्वको रहेको बताए ।

null

ओखलढुङ्गाका जिल्ला सभापति तेजेन्द्र खनालले पार्टीभित्रको विवादकै कारण चुनावमा पराजय व्यहोर्नु परेको बताए । उनले पनि नयाँ नेतृत्वले सबैलाई समेटेर लैजानुपर्ने धारणा राखे ।

महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले विशेष महाधिवेशनको विरोध गरेकै नेता टिकट लिएर चुनाव लड्न गएपछि कार्यकर्तामा अन्योल भएको बताए ।

उनले १५औं महाधिवेशनमा देउवा समूहबाट साझा उम्मेदवार तय गरेर जान सुझाव दिए ।

जिल्ला सभापतिहरूले अहिले पनि देशभर विशेष महाधिवेशन पक्षधर नेताहरूको बाहुल्यता रहेकोले एकजुट भएर गएमा १५औं महाधिवेशनमा आफूहरूको विचार समूहले चुनाव जित्ने दाबी गरेका थिए ।

जिल्ला सभापतिहरूको कुरा सुनेपछि भोलि आफूहरूको धारणा बन्ने नेता रामहरि खतिवडाले जानकारी दिए ।

मंगलबारको भेलामा विजयकुमार गच्छदार, विमलेन्द्र निधि, शशांक कोइराला र सुजाता कोइराला उपस्थित थिए । शेखर कोइराला भने अनुपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्