०६ साउन २०८३, बुधबार
रास्वपा संसदीय दलमा रवि लामिछाने

'विगतमा अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइन्थ्यो, अहिले आवश्यक सुधारका लागि हो'

बैशाख १६, २०८३
काठमाडौं
'विगतमा अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइन्थ्यो, अहिले आवश्यक सुधारका लागि हो'
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कसैलाई दु:ख वा सुविधा दिन नभई आवश्यक सुधारका लागि अध्यादेश ल्याउन लागिएको बताएका छन् ।

बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सुझाव र निर्देशन दिँदै सभापति लामिछानेले पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास रहेकोमा अहिले त्यस्तो नभएको बताएका हुन् ।

​​​​विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन । पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दु:ख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानूनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो,' उनले भने ।

विगतमा प्रधानमन्त्री रहेकै दलका सांसद लेखा समिति सभापति बनेको उदाहरण रहेको भन्दै उनले अहिले इमानदार भएर सच्याएको बताए ।

'कानून, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ,' उनले भने, 'विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौं, इमानदार भएर बढ्यौं।'

salt training

कमेन्ट गर्नुहोस्