२९ असार २०८३, सोमबार

भोलि देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने

बैशाख १७, २०८३
काठमाडौं
भोलि देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि देशभरका सबै सरकारी अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै मन्त्रालयले बिदाको दिन पनि अस्पतालको ओपिडी सेवा सुचारु राख्न आग्रह गरेको हो ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगातारको सार्वजनिक बिदाले बिरामीको उपचारमा असर पुग्ने देखिएकाले भोलि १८ गते देशभरका सरकारी अस्पतालका प्रशासनलाई सेवा सञ्चालन गर्न अनुरोध गरिएको जानकारी दिए ।

 यस व्यवस्थाले स्वास्थ्य सेवा लिन चाहने आम नागरिकलाई थप सहज हुने मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्