१२ साउन २०८३, मंगलबार

दाउन्नेमा एकतर्फी ढलान सकियो, जेठदेखि पक्की सडकमा यात्रा गर्न पाइने

बैशाख १८, २०८३
काठमाडौं
दाउन्नेमा एकतर्फी ढलान सकियो, जेठदेखि पक्की सडकमा यात्रा गर्न पाइने
फाइल तस्वीर

नारायणघाट–बुटवल सडक योजनाअन्तर्गत दाउन्ने खण्डमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ । आयोजनाले यसअघि गरेको प्रतिबद्धताअनुसार अप्रिल महिनाभित्रै दाउन्नेको पूर्वी खण्ड एकातर्फी रूपमा ढलान सडक जोडिएको हो ।

अब करिब १४ दिनपछि नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर यात्रा पूर्ण रूपमा पक्की सडकबाट गर्न सकिने आयोजनाले जनाएको छ ।

चितवनको गैँडाकोटदेखि बुटवल राजमार्ग चौराहासम्म ११३ किलोमिटर सडक विस्तार भइरहेको छ। यसमध्ये दुम्किबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने खण्ड भौगोलिक रूपमा अत्यन्त जटिल तथा पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ ।

साँघुरो र उकालो रहेको दाउन्ने खण्ड निर्माणाधीन हुँदा सवारी जाम र आवागमन अस्तव्यस्त हुने समस्या देखिँदै आएको थियो । एकातर्फी ढलान सम्पन्न भएसँगै यो समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्