
दोस्रो 'चितवन अटो शो २०२६' मा सिप्रदी ट्रेडिङ्ग प्रालिको चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ।
उक्त अवसरमा टाटा टियागो ईभी र पन्च ईभीहरूमा ग्राहकको उच्च आकर्षण रहेको छ।
प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको उपस्थितिमा नयाँ गाडीहरू - टियागो ईभी र पन्च ईभी ग्राहकलाई हस्तान्तरण गरिएको छ।
चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्री बानियाले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरेका हुन् ।

यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका ईभी गाडीहरूको प्रदर्शन गरिरहेको छ।
प्रदर्शनीमा मुख्य आकर्षकको रूपमा रहेका टाटाका ईभी गाडीहरू आफ्नो अत्याधुनिक प्रविधि, उच्च सुरक्षा रेटिङ र किफायती सञ्चालन खर्चका कारण अवलोकनकर्ताहरूको निकै भिड बटुलिरहेका छन्।
भविष्यको सुरक्षित र प्रविधिमैत्री यात्राका लागि टाटाका यी गाडीहरू उत्कृष्ट रोजाइ बनेका छन्।
इच्छुक ग्राहकले 'चितवन अटो शो २०२६'को हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरी थप जानकारीका साथै विशेष अफरहरूको साथ टाटा कारहरू लिन सक्ने कम्पनीले जनाएको छ ।


