२५ जेठ २०८३, सोमबार

सन्न्‍यासको समाचारले चर्चामा प्रभावशाली गोलरक्षक ओचोआ

बैशाख १९, २०८३
काठमाडौं
सन्न्‍यासको समाचारले चर्चामा प्रभावशाली गोलरक्षक ओचोआ

समकालीन विश्व फूटबलकै प्रभावशाली गोलरक्षकमध्येका एक गुइलेर्मो ओचोआ यतिबेला चर्चा छन् । आगामी फिफा विश्वकपलगत्तै सक्रिय खेलजीवनबाट सन्न्‍यास लिने अप्रत्यासित घोषणासँगै उनी चर्चामा आएका हुन् ।

४० वर्षीय ओचोआ मेक्सिकोका राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । मेक्सिको आगामी विश्वकपको आयोजक पनि हो । फिफा विश्वकपको २३औँ संस्करण जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

ओचोआलाई मेक्सिकोको हालसम्मकै सर्वोत्कृष्ट गोलरक्षक मानिन्छ । आगामी विश्वकप ओचोआका लागि विशेष पनि हुनेछ । यो विश्वकपमा सहभागिता जनाएसँगै उनको नाम ६ वटा विश्वकप खेल्ने दुर्लभ खेलाडीको सूचीमा समावेश हुनेछ ।

गोलरक्षक ओचोआसँगै समकालीन विश्व फूटबलका दुई महान खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियोनो रोनाल्डो पनि छैटौँपटक फिफा विश्वकप खेल्ने तयारीमा छन् ।

खेल पत्रकार फाब्रिजियो रोमानोले ओचोआको सन्न्‍याससम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् । ‘ओचोआले मेक्सिकोको प्रतिनिधित्व गर्दै आफ्नो छैटौँ विश्वकप खेल्दैछन् । त्यसपछि उनले सक्रिय खेलजीवनबाट सन्यास लिनेछन्,’ रामानोले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

गोलरक्षक ओचोआले पनि रोमानोको उक्त सन्देशलाई सेयर गरेर समाचारको पुष्टि गरेका छन् । ओचोआले पहिलो पटक सन् २००६ मा जर्मनीमा आयोजित फिफा विश्वकपमा सहभागिता जनाएका थिए ।

यद्यपि, उक्त विश्वकपमा उनीले मैदानमा ओर्लने अवसर भने पाएका थिएनन् । उनले पछिल्लो पटक सन् २०२२ मा कतारमा आयोजित विश्वकप खेलेका थिए । कतार विश्वकपमा उनले रोबर्ट लेवान्डोवस्कीको पेनाल्टी प्रहारलाई गोल हुनबाट जोगाएर गतिलो चर्चा बटुलेका थिए ।

उनले विश्वका विभिन्न राष्ट्रका क्लबहरूबाट व्यावसायिक फूटबल पनि खेलिसकेका छन् । उनी हाल साइप्रसको क्लब एईएल लिमासोलबाट व्यावसायिक फूटबल खेल्छन् ।

salt training

कमेन्ट गर्नुहोस्