![धोबीखोला किनारा मिचेको भन्दै अनामनगरको ७ तले भवनमा चल्यो डोजर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/7_Tale_Building_10_PuiW0nNGIe.jpg)
खोला र नदी किनाराका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत आइतबार काठमाडौंको अनामनगरमा रहेको ७ तले भवन भत्काउने काम शुरू भएको छ ।
धोबीखोलाको किनारामा सार्वजनिक जग्गा मिचेर बनाइएको सो संरचना भत्काउन लागिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको भवन भत्काउने काम शुरू भएको जानकारी दिए ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी








