०८ साउन २०८३, शुक्रबार

यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

बैशाख २१, २०८३
काठमाडौं
यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

आज पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षासम्मको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति नै केही ठाउँमा भारी वर्षाको सम्भावना छ । 

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हाल वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी तराई क्षेत्रका भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।लुम्बिनीका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाको समेत प्रभाव रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्