०७ साउन २०८३, बिहीबार

विधवाले अर्को विवाह गरेमा पुरानो पतितर्फका सन्तान नहुँदा आफैंले सम्पत्ति पाउने कानून खारेज

बैशाख २१, २०८३
काठमाडौं
विधवाले अर्को विवाह गरेमा पुरानो पतितर्फका सन्तान नहुँदा आफैंले सम्पत्ति पाउने कानून खारेज

विधवाले अर्को विवाह गरेमा निजले अंशवापत सम्पत्ति पाउने, तर विधुरको हकमा त्यो प्रावधान नरहेको भन्दै सर्वोच्च्च अदालतको संवैधानिक इजलासले कानून नै बदर गरिदिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) बदर गर्ने फैसला गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको संवैधानिक इजलासले उक्त कानूनमा  समानताको सिद्धान्त नरहेको भन्दै बदर गरिदिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताएका छन् ।

‘विधवाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति त्यस्तो विधवाको अघिल्लो पतितर्फका छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैंले लिन पाउने छ’ भन्ने व्यवस्था छ । सोही प्रावधान बदर गरिएको हो ।

विधवाको हकमा उक्त कानून भए पनि विधुरको हकमा त्यस्तो व्यवस्था नगर्दा नेपालको संविधानको धारा १६,१८ ४ २५  को समानताको हक जीवनको अधिकार र साम्पत्तिक हकसँग स्पष्ट रूपमा बाझिएकाले उक्त व्यवस्था संविधानको भावना, सिद्धान्त र मूल्य मान्यताविपरित निर्माण भएको र अस्तित्वमा रही रहेकोले उल्लेखित भेदभावपूर्ण कानूनी व्यवस्थालाई अमान्य र बदर गरी पाऊँ भनी मिरा ढुंगाना समेतले दायर गरेको रिटमा सोमबार फैसला भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्