०७ साउन २०८३, बिहीबार

महाधिवेशन गर्न नसक्ने भ्रातृ संघहरू कांग्रेसद्वारा विघटन

बैशाख २१, २०८३
काठमाडौं
महाधिवेशन गर्न नसक्ने भ्रातृ संघहरू कांग्रेसद्वारा विघटन

 नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसकेका भ्रातृ संघहरूलाई विघटन गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसक्ने र अधिवेशनको आधार समेत नदेखिएका भ्रातृ संघका केन्द्रीय समितिहरू विघटन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

पार्टीले यसअघि तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न अल्टिमेटम दिएको थियो । पछि, २०८२ असार १६ देखि २३ सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा मात्र समयावधि थप गरेको थियो । तर, निर्देशक समितिले सहजीकरण गर्दा समेत अधिकांश संघले कार्यतालिका पालना नगरेको र अधिवेशन गर्ने ठोस आधार नदेखिएको कांग्रेसले जनाएको छ ।

चालिसेले महाधिवेशन हुन नसकेका भ्रातृ संघहरूको सम्बन्धमा अब नयाँ व्यवस्था गर्ने जिम्मा पार्टी सभापति गगन थापालाई दिइएको बताए । 
 

कमेन्ट गर्नुहोस्