
नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
खड्कालाई भेट्न गगन र विश्व उनको निवासमा पुगेका थिए ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिता दिएपछि गगनले असन्तुष्ट पक्षका नेताहरूसँग भेटवार्ता शुरू गरेका हुन् ।
कांग्रेसलाई एकताबद्ध बनाएर लैजानेबारे नेताहरूबीच छलफल भएको कांग्रेस स्रोतले बतायो ।
कांग्रेसको असन्तुष्ट पक्षले पार्टी एकताका लागि नेतृत्वले पहल कदमी लिनुपर्ने बताउँदै आएको छ ।
देउवा–पूर्णबहादुर पक्षले आफूहरूसँगको परामर्शमा मात्र १५ औं महाधिवेशन गर्न आग्रह गरेको थियो ।
गगनले यसअघि हिजो (मंगलबार) डा. शेखर कोइरालासँग छलफल गरेका थिए ।