२६ जेठ २०८३, मंगलबार

कीर्तिपुरमा युवाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

बैशाख २३, २०८३
काठमाडौं
कीर्तिपुरमा युवाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौंको कीर्तिपुरमा बुधबार दिउँसो एक युवकको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई हाल कीर्तिपुर-२ ट्याङलाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका-४ घर भई हाल कीर्तिपुर-१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रविन धामी रहेका छन् ।

उनीहरूले कीर्तिपुरको पाँडेटोलमा साथी-साथीबीच विवाद हुँदा धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिका घर भई हाल कीर्तिपुर-३, ढाल्पा बस्ने अन्दाजी २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्