२४ जेठ २०८३, आइतबार

सुनचाँदीको मूल्य आज पनि बढ्यो

बैशाख २५, २०८३
काठमाडौं
सुनचाँदीको मूल्य आज पनि बढ्यो

बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदी १२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २७५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार १५५ मा कारोबार भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो  । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्