२६ जेठ २०८३, मंगलबार

सरकारको नाममा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति बेच्न खोज्ने दुई जना पक्राउ

बैशाख २५, २०८३
काठमाडौं
सरकारको नाममा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति बेच्न खोज्ने दुई जना पक्राउ

नेपाल सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गर्न खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा ललितपुरको झम्सिखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काठमाडौंको धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन्।
नियमानुसार अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ गते स्मार्ट टेलिकम प्रा. लि. को अनुमतिपत्र रद्द गरेको थियो। 

अनुमति रद्द भएसँगै दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम उक्त कम्पनीका सम्पूर्ण पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल सरकारी हक कायम हुने गरी प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।
सरकारी नियन्त्रणमा रहेको सो सम्पत्तिलाई बेइमानीपूर्वक गैरकानूनी रूपमा लिलामी गर्ने प्रक्रियामा संलग्न रही सरकारको हक मेटाउन खोजेको तथा ठगी र आपराधिक विश्वासघात गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

ब्युरोको टोलीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई श्रेष्ठलाई जमल र उलाकलाई ललितपुरको बखुनडोलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि अहिले थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्