२३ असार २०८३, मंगलबार

कस्तो रहला आजको मौसम ?

बैशाख २६, २०८३
काठमाडौं
कस्तो रहला आजको मौसम ?

हाल कोशी, बागमती र लुम्बिनीका थोरै स्थानमा मध्यम वर्षा साथै मधेश, गण्डकी र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकीको हिमाली र पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । यसैगरी, तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशीलगायत बागमती र गण्डकीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्