११ साउन २०८३, सोमबार

४३ दिनमै राष्ट्रपतिले किन गर्दैछन् संसद्‌मा सम्बोधन ?

बैशाख २७, २०८३
काठमाडौं
४३ दिनमै राष्ट्रपतिले किन गर्दैछन् संसद्‌मा सम्बोधन ?
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते (भोलि) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको थियो ।

सरकारको आग्रहअनुसार संघीय संसद् सचिवालयले सोमबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधनका लागि तयारी गरेको छ ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि बनेको नयाँ संसद्‌मा राष्ट्रपतिले चैत १५ गते सम्बोधन गरेका थिए ।

त्यसको ४३ दिनपछि सोमबार राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार सम्बोधन गर्न लागेका हुन् ।

संविधानको धारा ९५ मा प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

null

वैशाख २८ गते संसद्को बजेट अधिवेशन शुरू हुँदैछ । अधिवेशनको पहिलो दिनमै राष्ट्रपतिलाई सम्बोधनका लागि सरकारले आग्रह गरेको थियो ।

जेठ १५ मा वार्षिक बजेट अघि राष्ट्रपतिले संसद्‌मा सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछन् ।

जेठ पहिलो हप्ता नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी रहेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्