२६ असार २०८३, शुक्रबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बैशाख २७, २०८३
काठमाडौं
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्नुका साथै विभिन्न विभाग र तहमा नयाँ जिम्मेवारी तोकेको छ ।

यस्तै, प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णयसमेत गरिएको रास्वपाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्