राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछन् ।
सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन् ।
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन् ।
यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बसेका थिए ।
बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेश पेस भएका छन् ।