
सरकारले ग्रीन मार्केट भिलेज र सूचना प्रविधि पार्कलाई औद्योगिक पर्यटनसँग अबद्ध गराउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ ।
‘विषेश आर्थिक क्षेत्रको विस्तार तथा साझा पूर्वाधारसहित औद्योगिक ग्राम स्थापना गरिनेछ’, सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने, ‘ग्रीन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रको विकास गर्दै त्यस्ता क्षेत्रको विकास गर्दै, औद्योगिक पर्यटन क्षेत्रसँग आबद्ध गरिनेछ ।’