
सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै आर्थिक कारोबार नगदरहित बनाइने बताएका हुन् ।
सरकारले अब सबै कारोबारलाई डिजिटल बनाउने घोषणा कार्यक्रम अघि सारेको हो ।