
सरकारले सुरक्षा निकायको बन्दोवस्तीका सामग्री स्वदेशमै उत्पादन गर्ने नीति अघि सारेको छ ।
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै नेपाली सेना लगायत सुरक्षा निकायको बन्दोवस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरि सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिने उल्लेख गरे ।
सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकासमार्फत व्यावसायिकता अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम छ । राष्ट्रिय सेवा दललाई सुदृढ गरिने उल्लेख छ ।
ठूला विकास आयोजनाको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्नसक्ने प्रभावको समेत मूल्यांकनलाई अनिवार्य गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।