०१ साउन २०८३, शुक्रबार
संसद्‌मा बादल

बादलले रास्वपालाई ‘अराजक जमातको अस्थायी गठजोड’ भनेपछि संसद्‌मा नियमापत्ति

बैशाख २९, २०८३
काठमाडौं
बादलले रास्वपालाई ‘अराजक जमातको अस्थायी गठजोड’ भनेपछि संसद्‌मा नियमापत्ति

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नेतृत्वकर्ता दल रास्वपालाई अराजक जमातको अस्थायी गठजोड भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले रास्वपाको उदय अस्वाभाविक भएको आरोप लगाएका हुन् ।

‘रास्वपा राजनीतिक नेतृत्वको दृष्टिकोणले सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातको अस्थायी गठजोड हो’, बादलले भने, ‘दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ ।’

लोकप्रियतावादी दल रूपमा अत्यन्त प्रिय देखिए पनि सार र परिणाममा घातक हुने बादलले टिप्पणी गरे । बादलले बोल्दा बोल्दै रास्वपा सांसद मनिष खनालले नियमापत्ति गरेका थिए । 

बादलले भने रास्वपाले प्रशासन र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नका लागि संसद् स्थगित गरेर अध्यादेश ल्याएको आरोप लगाए । 

‘न्यायालयपछि आगामी दिनमा स्थानीय, प्रदेश र राष्ट्रियसभामा प्रभुत्व कायम गरेपछि कथित नीला क्रान्तिले पूर्णता गर्न सक्दछ’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्