२४ जेठ २०८३, आइतबार

अर्घाखाँची बस दुर्घटना : जोगाउने प्रयास गर्दागर्दै गुमाएका थिए चालकले नियन्त्रण

बैशाख २९, २०८३
बुटवल
अर्घाखाँची बस दुर्घटना : जोगाउने प्रयास गर्दागर्दै गुमाएका थिए चालकले नियन्त्रण

अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गाडीमा चालकसहित ३१ यात्रु सवार रहेका प्रहरीले जनाएको छ ।

पर्वतको मोदी गाउँपालिकाबाट तीर्थयात्री सवार ध १ ख ५०४ नम्बरको बस सुपादेउराली दर्शन गरी फर्किने क्रममा जिल्लाको पाणिनी गाउँपालिका–८ कोलडाँडास्थित घुम्तीमा मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ की राममाया बस्नेत, सोही स्थानकै ७८ वर्षीया विन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौसिला रेग्मी र गाडी चालक मोदी गाउँपालिका–५ कै ४५ वर्षका रमेश जीसी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख दिवस जीसीले जानकारी दिए । 'गाडी आजै पर्वतबाट सुपादेउराली आएर फर्किँदै गरेको रहेछ,' डीएसपी जीसीले लोकान्तरसँग भने, 'सजिलै बाटोमा अनियन्त्रित भएर गाडी दुर्घटना भएको देखिन्छ । ओरालोमा ब्रेक फेल भएको पनि हुन सक्ने अनुमान गरिएको छ।'

null

डीएसपी जीसीका अनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको हो । 'चालकले गाडी जोगाउन भित्तातर्फ लगेको देखिन्छ । भित्तामा च्यापिएर चालकको मृत्यु भएको छ । भित्तामा ठोक्किएर उछिटिएर गाडी सडकबाट करिब १५० मिटर तल खसेको छ,' उनले भने ।

यस्तैगरी दुर्घटना परी घाइते हुनेहरूमा चालककी श्रीमती मोदी गाउँपालिका–५ की ४२ वर्षकी पवित्रा जीसी, सोही ठाउँका ४७ वर्षकी पवित्राकुमारी पौडेल, ३५ वर्षकी उमा पौडेल, ४९ वर्षका विष्णु केसी, ४६ वर्षकी दीपा पौडेल, ६९ वर्षका देवबहादुर अखेली, ५० वर्षकी राधिका रोका, ७० वर्षकी मीना कुँवर, ६२ वर्षका लीलाबहादुर कुँवर, ७५ वर्षका ताराबहादुर रेग्मी, २१ वर्षका प्रदीप पौडेल, ५९ वर्षका दुर्गाबहादुर पौडेल, १७ वर्षका विश्वास पौडेल, ५३ वर्षकी हेमा कुँवर, ५९ वर्षकी बाटुली पौडेल, ५० वर्षकी उजेलीकुमारी क्षेत्री, ३० वर्षका सन्तोष क्षेत्री रहेका छन् ।

यस्तैगरी, अन्य घाइतेहरूमा मोदी गाउँपालिका–५ का ७८ वर्षका पदमबहादुर कुँवर, सोही ठाउँका १७ वर्षका रोहित कुँवर, ७५ वर्षकी देवी कुँवर, ३२ वर्षकी हरिमाया कुँवर, ६८ वर्षका लालबहादुर रेग्मी, ८ वर्षका सम्राट कुँवर, ३१ वर्षकी दीपा सुवेदी, १७ महिनाकी सम्राज्ञी कुँवर, २८ वर्षका सागर कुँवर र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की ५५ वर्षीया सीता कुँवर रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्